अमेरिकाबाट ल्याइएका साँढे पोखरा भेडीफारमको क्वारेन्टिनमा

अमेरिकाबाट ल्याइएका साँढे पोखरा भेडीफारमको क्वारेन्टिनमा

  • Kanchan News

  • शुक्रबार, फाल्गुन २७, २०७८

  • 99
    SHARES
अमेरिकाबाट ल्याइएका साँढे पोखरा भेडीफारमको क्वारेन्टिनमा

व्यावसायिक गाईपालनमा नश्ल सुधार गर्ने उद्देश्यले अमेरिकाबाट ल्याइएका साँढेलाई पोखरा महानगरपालिका–१५, भेडीफारमस्थित फार्ममा क्वारेन्टिनमा राखिएको छ ।

अमेरिकाबाट फागुन १३ गते हवाइजहाजमार्फत नेपाल ल्याइएका सातवटा साँढे मध्ये एउटा काठमाडौंमै राखेर बाँकी साँढेलाई पोखरा ल्याइएको थियो ।

पोखराको क्वारेन्टिनमा रहेका ती साँढे स्वस्थ भएको र रगतदेखि अन्य आवश्यक विभिन्न स्वास्थ्य परीक्षण गरिसकिएको राष्ट्रिय पशु प्रजनन् कार्यालय, पोखराका वरिष्ठ पशु विकास अधिकृत खगेन्द्रराज सापकोटाले जानकारी दिए ।

‘ विस्तारै पोखराको हावापानीमा बानी पार्दै, ‘ ५ देखि ६ दिनसम्म कुनै स्वास्थ्य समस्या देखिएन भने फिल्डमा लैजाने तयारी रहेको उहाँको भनाई छ ।

अमेरिकादेखि ल्याइएका ती साँढेलाई २१ दिन क्वारेन्टिनमा राख्नुपर्ने सापकोटाले जानकारी दिए । नेपालमा ल्याएकै दिनदेखि क्वारेन्टिन समय गणना गरिएकाले दुई हप्ता हुन लागिसकेको उनले सुनाए ।

नेपाल लाइभस्टक सेक्टर इनोभेसन ९एनएलएसई० आयोजनाले ती साँढेहरु खरीद गरेको हो । अमेरिकादेखि नेपालमा नेपाल ल्याइएका साँढेमध्ये पोखरामा २ वटा होलिस्टन र ४ वटा जर्सी जातका छन् । एउटा जर्सी साँढे भने काठमाडौंमै राखिएको छ ।

मेट ग्रुप नामक कम्पनीले ठेक्कामार्फत नेपाल ल्याएका ती साँढे भने राष्ट्रिय प्रजनन् विकास कार्यालय, कास्कीलाई हस्तान्तरण गरिएको छैन । साँढेको क्वारेन्टिन अवधि पूरा भएपछि मात्रै एनएसईले कार्यालयलाई हस्तान्तरण गर्ने सापकोटाले सुनाए ।

फागुन ११ गते अमेरिकाको सिकागोबाट प्रस्थान गरेका साँढेहरू कतारको दोहा, भारतको नयाँ दिल्ली हुँदै १३ गते नेपाल आइपुगेका हुन् ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News