शेयर बजारमा भारी गिरावट

शेयर बजारमा भारी गिरावट

  • Kanchan News

  • आइतवार, फाल्गुन २२, २०७८

  • 171
    SHARES
शेयर बजारमा भारी गिरावट

आइतबार शेयर बजारमा गिरावट आएको छ ।

अघिल्लो साताको बुधबारदेखि ओरालो लागेको नेप्से परिसूचक छंैटौ दिनसम्म पनि निरन्तर रुपमा गिरावट आएको हो ।

आइतबार नेप्से परिसूचक ३।६६ अंक घटेर २ हजार ५४३।३९ विन्दुमा झरेको छ । नेप्से घटे पनि सेन्सेटिभ इण्डेक्स १।३१ र सेन्सेटिभ फ्लोट इण्डेक्स ०।४७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०।०४ अंक घटेको छ ।

आइतबार कारोबारमा आएका २३० कम्पनीको ५१ लाख ३९ हजार कित्ता शेयर २ अर्ब ४९ करोड ३२ लाख ४१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्सेसँगै पछिल्लो समय कारोबार रकममा समेत गिरावट आइरहेको छ ।

नेप्सेका १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचकमा गिरावट आएको छ । जसमा विकास बैंक उपसमूहको परिसूचक सबैभन्दा बढी १।२४ प्रतिशत बढेको छ । अन्य उपसमूहको परिसूचक ०।८५ प्रतिशत, बैंकिङ्गको ०।२ प्रतिशत र होटल उपसमूहको ०।०५ प्रतिशत बढेको छ । तर उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक भने सबै भन्दा बढी १।२४ प्रतिशतले गिरावट आएको छ ।

नेप्से परिसूचकमा गिरावट आए पनि मैलुङ्ग खोला जलविद्यत कम्पनीको शेयरमूल्य सबैभन्दा बढी ७।८० प्रतिशत बढेको छ । त्यस्तै, सामलिङ्ग पावर कम्पनी र नेपाल ल्यूब आयलको शेयरमूल्य ४ प्रतिशत बढेको छ । यता, शिवम् सिमेन्टको शेयरमूल्य सबैभन्दा बढी ७।११ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा आइतबार १५ करोड २२ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार गरेर शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । नेपाल लाइफको १४ करोडभन्दा बढीको शेयर खरिद बिक्री भएको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News