पोखरा
प्रेस चौतारी नेपाल गण्डकी प्रदेशको अध्यक्षमा इन्द्र पौडेल चयन हुनुभएको छ । बिहीबार पोखरामा भएको प्रदेश अधिवेशनले पौडेलको नेतृत्वमा नयाँ कमिटी सर्वसम्मत चयन गरेको हो । जसको उपाध्यक्षमा उमाकान्त शर्मा र उपाध्यक्ष (महिला) तर्फ रोशनी गुरुङ चयन हुनुभएको छ भने महासचिवमा आश गुरुङ चयन चयन हुनुभएको छ । सचिवमा कमल सुवेदीले, सचिव (समावेशी) मा गोपाल जिटी र कोषाध्यक्षमा भविश्वर पाण्डे चयन हुनुभएको छ ।
सदस्यहरुमा गिता राना मगर, रञ्जिता शर्मा, गौरव त्रिपाठी, कृष्ण किसान, वालकृष्ण सुवेदी, एकराज गिरी, समर रानाभाट, सालिकराम भट्टराई, रोशन लामिछाने, अमिर सुवेदी, सुजन न्यौपाने, आइतेलाल थकाली, विकास विक, उद्दव कुमाल, कुमार पौडेल, बसन्त अधिकारी, सागर गिरी, राजकुमार श्रेष्ठ, ध्रुवराज सुवेदी, मदन तिमिल्सिना, चित्र गुरुङ, शर्मालिा विक, राजन उपाध्याय, युवराज गुरुङ, डिलबहादुर विक, खिमा गुरुङ, सृजना वराल, गणेश श्रेष्ठ, राजन खरेल, निरज थकाली, दिपक पौडेल, चित्र गुरुङ्ग, राजाराम पौडेल, अनुज अधिकारी, कृष्णराज अचार्य, राजन पौडेल, लक्ष्मीनारायण देवकोटा, निर्भिक नारायण भुर्तेल र कृष्ण कंडेल चयन हुनुभएको छ ।
प्रेस चौतारी नेपाल गण्डकी प्रदेशको अधिवेशनको बिहिबार नेकपा एमालेका उपमहासचिव तथा गण्डकी प्रदेशका पुर्व मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले गर्नुभएको थियो । उद्धघाटन गर्दै उहाँले प्रेस चौतारी अन्य पत्रकार संगठन भन्दा सबैभन्दा राम्रो र मजबुत रहेको बताउनुभयो ।
उहाँले प्रेस चौतारी नेपाल गण्डकी प्रदेश कमिटीको ऐतिहासिक प्रथम अधिवेशनको उद्घाटन गर्दै प्रेस चौतारीलाई सबैभन्दा उत्कृष्ट संगठनको नाम लिँदा प्रेस चौतारीको नाम आउने भएकाले सोही अनुसार लाग्नुपर्ने बताउनुभयो । श्रमजिवी पत्रकारहरुको संगठनलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउने कुरामा लाग्न अनुरोध गर्नुभयो । पत्रकारले अध्यनलाई प्राथमिकता दिनुपर्ने र विज्ञ पत्रकार बन्नुपर्नेमा जोड दिनुभयो ।
नेकपा एमालेका सचिव पद्मा कुमारी आर्यालले अध्यक्ष केपी शर्मा ओली सत्तामा आउने डरले गठबन्धनको सरकारले एमसीसी पास गरेको बताउनुभयो । सरकार दक्षिपन्थीको सेवामा लागेको बताउनुभयो । प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष गणेश पाण्डेले संगठनलाई बलियो, गतिशीलर नेतृत्वदायी बनाउने कुरामा लाग्नुपर्ने बताउनुभयो ।