
सरकारले भोलि बिहीबार ग्याल्पो ल्होसारको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को यही फागुन १६ गतेको निर्णय अनुसार भोलि बिहीबार ग्याल्पो ल्होसारको उपलक्ष्यमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घ/संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ ।