गण्डकीका महिलाले प्रजनन अंगको क्यान्सर उपचार गर्न अब ५० हजार पाउने

गण्डकीका महिलाले प्रजनन अंगको क्यान्सर उपचार गर्न अब ५० हजार पाउने

  • Kanchan News

  • बुधबार, फाल्गुन १८, २०७८

  • 177
    SHARES
गण्डकीका महिलाले प्रजनन अंगको क्यान्सर उपचार गर्न अब ५० हजार पाउने

पोखरा
गण्डकी प्रदेश सरकारले महिलाको प्रजनन अंगको क्यान्सर उपचार गर्न आर्थीक रकम सहयोग गर्ने भएको छ । प्रदेश सरकारले महिलाको प्रजनन अंगको क्यान्सर उपचार गर्न ५० हजार दिने भएको हो ।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.देजकुमार गौतम र गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. श्रीराम तिवारी बिच बुधबार भएको निःशुल्क उपचार सहायता कार्यक्रमको सम्झौता अनुसार अब देखि गण्डकी प्रदेशका महिलाहरुले स्त्री प्रजनन् अंगमा हुने क्यान्सरको उपचारमा ५० हजार पाउने छन् ।
नेपाल सरकारले पनि प्रजनन अंगको क्यान्सर उपचार गर्न एक लाख रुपैयाँ दिने गर्छ । उक्त रकम खर्च गरेर सकेपछि गण्डकी प्रदेश सरकारको तर्फ बाट बिरामी महिलाले थप ५० हजार पाउने छन् । गण्डकी प्रदेशका महिलाहरुले स्तन, पाठेघर, पाठेघरको मुखको क्यान्सर लगायतको उपचारमा यो सहुलियत पाउने भएका हुन् ।
बिरामी महिलाले उक्त सेवा पाउनको लागि गण्डकी प्रदेशमा भएको प्रमाणित सहितको वडाको सिफारिस ल्याउनुपर्ने हुन्छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News