निजामती कर्मचारी युनियनको केन्द्रिय सदस्यमा पन्थीको उम्मेदवारी

निजामती कर्मचारी युनियनको केन्द्रिय सदस्यमा पन्थीको उम्मेदवारी

  • Kanchan News

  • बुधबार, फाल्गुन १८, २०७८

  • 151
    SHARES
निजामती कर्मचारी युनियनको केन्द्रिय सदस्यमा पन्थीको उम्मेदवारी

भैरहवा। नेपाली कांग्रेस निकटको सुभेच्क्षुक संस्था नेपाल निजामती कर्मचारी युनियनको केन्द्रिय सदस्यमा नविन पन्थीले उम्मेदवारी दिने घोषणा गरेका छन्। युनियनमा आबद्ध निजामती कर्मचारी महाधिवेशनको तयारीमा जुटिरहेका बेला पन्थीले यनियनको ८औँ महाधिवेशनमा केन्द्रिय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

अग्रजको अनुभव र युवाहरुको गतिशीलताको संयोजन सहित सवल युनियन निर्माणका लागि आफुले उम्मेदवारी दिएको पन्थीले जानकारी दिए।
स्थानीय देखि जिल्ला र विभागिय अधिवेशन सफलतापूर्वक सम्पन्न गरेको युनियनको केन्द्रिय महाधिबेशन फागुन २१ देखि २३ सम्म काठमाण्डौमा हुदैछ।

अधिवेशन नजिकिएसँगै उम्मेदवारहरुले उम्मेदवारी घोषणा र प्रतिनिधिहरुसँग छलफल तथा सम्पर्क गर्ने कार्यलाई समेत तिव्रता पाएको छ। युनियनका महाधिवेशन प्रतिनिधि पन्थीले लुम्बिनी प्रदेश केन्द्रिय सदस्यमा उमेदवारी घोषण गरेसंगै चुनावी प्रचार प्रसारलाई तिव्रता दिएका छन्।

गुल्मीको विकट मदाने गाउँपालिकाको राजनैतिक परिवारमा हुर्किएका पन्थी २०७१ सालमा निजामती सेवामा प्रवेश गरेसँगै कर्मचारी युनियनमा सक्रिय भएर लागेका थिए। उनी गुल्मीको जिल्ला सदस्य, आधिकारिक ट्रेड युनियन गुल्मीको कोषाध्यक्ष, कर्मचारी युनियन केन्द्रीय संगठन तथा प्रशिक्षण विभाग सदस्य हुँदै हाल कर्मचारी युनियको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।

आफ्ना विचार र दृष्टिकोणलाई तथ्यसहित खरो रुपमा प्रस्तुत गर्न सक्ने सरल स्वाभावका पन्थी कर्मचारीका विचमा निकै लोकप्रीय मानिन्छन्। उनी भन्छन ‘कर्मचारी युनियनको संस्थागत विकास र सुदृढिकरण नै मेरो मुख्य लक्ष्य हो।’

उनले कर्मचारी समायोजन अध्यादेश २०७५ मा भएका अन्यायपूर्ण व्यवस्थालाई सुधार गर्नुपर्ने, संघीय निजामती सेवा ऐनको मस्यौदामा कर्मचारीका वृति विकासलाई वन्देज लगायतका अन्यायपूर्ण व्यवस्थालाई पुनर्लेखन गर्नुपर्ने र वृति विकासको ग्यारेण्टी सहितको संघिय निजामती सेवा ऐन जारी गर्नुपर्ने, सवै सेवा समूहका कर्मचारीहरुको वढुवा प्रणलीमा एकरुपता ल्याउनु पर्ने र रा.प्र.अनं कर्मचारीहरुमाथी भएका विभेदजन्य व्यवहारलाई सच्याउनु पर्ने लगायतका अवधारण सहित आफ्नो उमेदवारी घोषण गरेका छन्।

रा.प्र.अनं संरक्षण अभियानलाई लुम्विनी प्रदेशमा सशक्त रुपमा उठान गरी आन्दोलनका रुपमा स्थापित गर्न सफल पन्थी आफ्ना अग्रजहरुको लामो अनुभवलाई शिरोधार्य गर्दै अगाडि वढ्ने वताएका छन्। युवाहरुको गतिशीलता र अग्रजहरुको परिपक्कताको संयोजनवाट मात्रै युनियनले सफलता प्राप्त गर्ने र सबैलाई सुन्ने र चिन्ने युनियनको रुपमा युनियनलाई स्थापित गर्ने सकिने धारण प्रस्तुत गरेका छन्।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News