पर्यटकका लागि गतिलो कोसेली बन्दै म्याग्दीका असला माछा

पर्यटकका लागि गतिलो कोसेली बन्दै म्याग्दीका असला माछा

  • Kanchan News

  • मङ्लबार, फाल्गुन १७, २०७८

  • 134
    SHARES
पर्यटकका लागि गतिलो कोसेली बन्दै म्याग्दीका असला माछा

गलेश्वर । म्याग्दी नदीका असला माछा प्राकृतिक चिकित्सालय तातोपानी कुण्डमा नुहाएर उपचार गराउन आउने बिरामीका लागि पोषिलो खुराक र जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि गतिलो कोसेली बनेका छन् ।

बेनी नगरपालिका–४,सिङगास्थित प्रसिद्ध तातोपानी कुण्डमा डुब्न आउने बिरामी तथा पर्यटकको रोजाइँमा म्याग्दी नदीमा पाइने असला माछा पर्ने गरेका हुन् । बजारको छेउमै रहेको म्याग्दी नदीको चिसो पानीमा पाइने असला माछा निकै स्वादिलो हुने भएकाले तातोपानीमा स्नान गरेपछि बिरामीले यहाँका माछालाई पौष्टिक आहारको रुपमा खाने गरेका छन्,भने घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकले कोसेलीको रुपमा लिएर फर्कने गरेका छन् ।

अन्यत्र पाइने माछा भन्दा यहाँका माछा बढी स्वादिष्ट हुने भएपछि अहिले ताजा माछाप्रति केजी एक हजार ५०० मा बिक्री हुने गरेको छ । कोभिड–१९ सङ्क्रमणको जोखिम कम भएपछि हिजोआज तातोपानी कुण्डमा नुहाउने बिरामीको भीड बढेको छ । कुण्डमा चलहपहल बढेपछि म्याग्दी नदीको किनारमा रहेका बजार दरबाङ र बाबियाचौर क्षेत्रबाटसमेत माछा मारेर व्यापारीले बिक्रीका लागि तातोपानीसम्म ल्याउने गरेका छन् ।

असला माछा खानकै लागि तातोपानीमा आउनेलाई पुर्‍याउन धौधौ हुने गरेको तातोपानीस्थित तुलाचन होटल एण्ड थकाली भान्सा घरका सञ्चालक मना तुलाचनले बताए ।

रासस


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News