जनमोर्चाले पाँच दलिय गठबन्धनबाट अलगियको घोषणा गरे सँगै गण्डकी प्रदेशमा तरंग

जनमोर्चाले पाँच दलिय गठबन्धनबाट अलगियको घोषणा गरे सँगै गण्डकी प्रदेशमा तरंग

  • Kanchan News

  • सोमवार, फाल्गुन १६, २०७८

  • 549
    SHARES
जनमोर्चाले पाँच दलिय गठबन्धनबाट अलगियको घोषणा गरे सँगै गण्डकी प्रदेशमा तरंग

एमसीसीलाई पारित गरेकोमा कडा आपत्ति जनाउँदै राष्ट्रिय जनमोर्चाले सत्ता गठबन्धनबाट अलग भएको घोषणा गरे सँगै गण्डकी सरकार अल्पमतमा पर्ने भएको छ ।
अमेरिकी सहायता परियोजना एमसीसी पारित भएको भोलिपल्टै राष्ट्रिय जनमोर्चाले पाँच दलिय गठबन्धन बाट आफु हटेको घोषणा गरै सँगैगण्डकी प्रदेश सरकारमा तरंग फैलिएको छ ।

जनमोर्चा सरकारबाट बाहिरिदा संघीय सरकारलाई असर नपरे पनि प्रदेश सरकारलाई भने असर परेको हो । जनमोर्चाले सर्मथन फिर्ता लिएपछि गण्डकी प्रदेश सरकार अल्पमतमा  पर्ने छ । राष्ट्रिय जनमोर्चाले केन्द्र र प्रदेशमा पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । तर गठबन्धनबाट अलग भएको उसले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिँदा गण्डकी प्रदेश सरकार के हुन्छ ? भन्ने चर्चा सुरु भएको छ । यद्यपि जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको सर्मथन फिर्ता लिए, नलिएको बारे स्पष्ट बताएको छैन । जनमोचाृले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिन सक्ने बताएको छ । गठबन्धनले जनतामाथि घात गर्ने काम गरेपछि साथ दिनुको औचित्य नभएको भन्दै सरकारलाई दिएको समर्थनबारे पार्टी बैठक बाट निर्णय लिने बताईएको छ । यदि सर्मथन फिर्ता लिने निर्णय गरे मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेले विश्वासको मत लिनुपर्ने हुन्छ । गण्डकी प्रदेश सरकारमा जनमोर्चाका २ सांसद रहेका छन ।

पोखरेलले गत २ असारमा विश्वासको लिँदा ३१ मत प्राप्त गर्नुभएको थियो । ६० सदस्यीय प्रदेश सभामा भए पनि अहिले ५९ सदस्य भएकाले विश्वासको मत पाउन ३० सांसद आवश्यक हुन्छ । जनमोर्चा बाहिरिदा सरकारका पक्षमा २९ मात्रै हुने भएकाले सरकार स्पष्टरुपमा अल्पमतमा परेको हो । पोखरेल नेतृत्वको सरकारलाई कांग्रेसका १५, माओवादी केन्द्रका ११, जनता समाजवादी पार्टी (जसपा)का दुई, राष्ट्रिय जनमोर्चाका दुई र एक स्वतन्त्र सांसदको साथ रहेको छ ।

प्रदेशसभामा एमालेका २७ सांसद छन । हालको सरकारबाट बाहिरिएर जनमोर्चाले एमालेलाई साथ दिँदा पनि सरकार बन्न सक्ने अवस्था छैन । त्यस्तो अवस्थामा स्वतन्त्र सांसद दिपक मनाङ्गे अर्थात राजिव गुरुङ निर्णायक हुने देखिन्छन । गुरुङले प्रदेश सभालाई पुर्ण कार्यकाल टिकाउन आफ्नो मात्रै भूमिका रहेको घोषणा गरिसकेको कारण सरकार अल्पमतमा परेलगत्तै बहुमततिर लागेर मन्त्री हुन सक्छन्  । सरकार परिवर्तन हुने अवस्थामा स्वतन्त्र सांसदले पनि सरकारको साथ छाडने सक्छन् ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News