मुस्ताङ भ्रमण गरेर फर्किए भारतीय सेनाका लेफ्टिनेन्ट जनरल

मुस्ताङ भ्रमण गरेर फर्किए भारतीय सेनाका लेफ्टिनेन्ट जनरल

  • Kanchan News

  • सोमवार, फाल्गुन १६, २०७८

  • 103
    SHARES
मुस्ताङ भ्रमण गरेर फर्किए भारतीय सेनाका लेफ्टिनेन्ट जनरल

नेपाल भ्रमणमा रहेका भारतीय सेनाका लेफ्टिनेन्ट जनरल पीएन अनन्थनारायणन आइतबार बिहान मुस्ताङ पुगेका छन् । नेपाली सेनाको सैनिक हेलिकोप्टरमार्फत मुस्ताङ पुगेका उनले मुक्तिनाथ मन्दिरको दर्शन गरेका छन् ।

नेपाली सेनाको समन्वयमा भारतीय सेनाका लेफ्टिनेन्ट जनरल पीएन अनन्थनारायणन अनौपचारिक भ्रमणको शिलशिलामा बिहान करिब ९ बजे मुक्तिनाथ पुगेका थिए । उनले त्यहाँ करिब डेढ घण्टा मुक्तिनाथ दर्शन गरी काठमाडौं फर्किएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

जनरल पीएन अनन्थनारायणन मुक्तिनाथ पुग्दा सुरक्षा निगरानीमा कडाई गरिएको थियो । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत मुक्तिनाथको दर्शन गरेका थिए । मुक्तिनाथ मन्दिर हिन्दू तथा बौद्ध धर्मालम्बीहरुको साझा तीर्थस्थल हो।

अन्नपूर्णपोष्ट बाट


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News