एमसीसी अनुमोदन गर्ने निर्णयमा समाजवादीका आधा दर्जन नेताको असहमति

एमसीसी अनुमोदन गर्ने निर्णयमा समाजवादीका आधा दर्जन नेताको असहमति

  • Kanchan News

  • आइतवार, फाल्गुन १५, २०७८

  • 90
    SHARES
एमसीसी अनुमोदन गर्ने निर्णयमा समाजवादीका आधा दर्जन नेताको असहमति

व्याख्यात्मक टिप्पणीको टालोले लाज छोपेर एमसीसी पारित गर्न लागिएको भन्दै नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसहित आधा दर्जनबढी स्थायी कमिटी सदस्यले लिखित असहमति राखेका छन् ।

आइतवार नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा आयोजित स्थायी कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले एमसीसी पारित नगर्दा गठबन्धन भत्किने, सभामुख र आफूसहित १४ सांसदको पद जाने र ओली फेरि सत्तामा फर्किनेजस्ता कारण देखाउँदै अनुमोदनको प्रस्ताव गरेका थिए ।

व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने वहुमतको निर्णयमा तत्कालै उपमहासचिव तथा पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले लिखित असहमति दर्ज गरेका थिए । उनी एमसीसी अध्ययन कार्यदलमा पनि सदस्य थिए ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News