जनप्रिय सरकार ढालेर प्रचण्ड र माधव नेपालले जनतालाई धोका दिएः ओली

जनप्रिय सरकार ढालेर प्रचण्ड र माधव नेपालले जनतालाई धोका दिएः ओली

  • Kanchan News

  • शुक्रबार, फाल्गुन १३, २०७८

  • 187
    SHARES
जनप्रिय सरकार ढालेर प्रचण्ड र माधव नेपालले जनतालाई धोका दिएः ओली

पोखरा
नेकपा एमालेका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार ढालेर प्रचण्ड र माधव नेपालले जनतालाई धोका दिएको बताउनुभएको छ । एमाले अध्यक्ष ओलीले शुक्रबार पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै जनप्रिय सरकार ढालेर जनतालाई धोका दिएको टिप्पणी गर्नुभयो ।
विकास प्रेमी सरकार ढालेर प्रचण्ड र नेपालले दक्षिणपन्थी सरकार बनाउन गएको बताउनुभयो । उहाँले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले जनतालाई धोका दिएर अपराध गरेको भन्दै माधवनेपाल कम्युनिष्ट नभएको आरोप लगाउनुभयो ।

एमाले पार्टी पदका लागि मरिमेट्ने पार्टी नभएको दाबी गर्दै ओलीले एमाले पार्टी खुत्रुके झै आवश्यक पर्दा फुटाएर काम चलाउने जस्तो पार्टीका रूपमा नुबुझ्न चेतावनी दिनुभयो । ‘हिजो मेरो प्रचण्ड र प्रधानमन्त्रीसँग कुरा भएको थियो,’, ‘दुबैलाई भनेको छु, गाउँमा पैसा सकिँदा खुत्रुके फुटाएर काम चलाउने चलन छ, सम्बोधन गर्दै उहाँले भन्नुभयो त्यस्तै झै हामीलाई खुत्रुकेका रूपमा नबुझ्नुस्, जसलाई जतिबेला चाहियो त्यतिबेला फुटाएर काम चलाउने ।’ उहाँले एमाले विरूद्धको षडयन्त्र तत्काल बन्द गर्न पनि चेतावनी दिनुभयो ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News