सभामुखले संसदलाई भेन्टिलेटरमा पुर्याएः एमाले अध्यक्ष ओली

सभामुखले संसदलाई भेन्टिलेटरमा पुर्याएः एमाले अध्यक्ष ओली

  • Kanchan News

  • शुक्रबार, माघ २८, २०७८

  • 96
    SHARES
सभामुखले संसदलाई भेन्टिलेटरमा पुर्याएः एमाले अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद भेन्टिलेटरमा पुगेको बताएका छन् ।

शुक्रबार ‘स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखीकरण’ कार्यक्रमको शुभारम्भ गर्दै अध्यक्ष ओलीले संसद निरर्थक बनेको बताएका हुन् । उनले भने, ‘हामी संसदमा सहभागी हुन चाहन्छौं । तर, सरकारले हामीलाई त्यो अवसर दिइराखेको छैन । हाम्रो पार्टीविरुद्ध सभामुख पार्टी फोड्न सक्रिय रहन्छन् । सभामुख प्रतिपक्षविरुद्ध लड्छन् । सभामुखले पदीय मर्यादा ख्याल राखेनन् । संसदको बहुमूल्य समय खेर गयो । भेन्टिलेटरमा पुगेको अवस्थामा छ संसद ।’

संसद निकम्मा ढंगले अलोकतान्त्रिक पेलाइका साथ निरर्थक हिसाबले अवरुद्ध भएको उनको भनाइ छ । ‘हामीले निस्कासन गरेका मान्छेहरुलाई कायम राखेर पार्टीलाई षड्यन्त्रपूर्वक फुटाइयो । पार्टी फुटाउने, सरकार गिराउने तत्वहरु, देशविरोधी तत्वसँग चुनावी तालमेल हुँदैन,’ ओलीले भने, ‘पार्टीमा त्यसता तत्वसँग तालमेल हुँदैन । सामान्यतया निर्वाचन एक्लै लड्छौं । नेकपा एमालेको विजय भए मात्रै देशमा सुशासन र समृद्ध आउँछ । चुनावमा एक्लै लड्छौं ।’

उनले थपे, ‘यो सरकार परमादेशबाट बनेको सरकार हो । गठबन्धनको सरकार बनेको ७ महिना पूरा भएको छ । यी ७ महिनामा नराम्रा कुरा बाहेक केही देख्न पाइएको छैन ।’


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News