चितवनको एक कुखुरा फर्ममा देखियो बर्डफ्लू

चितवनको एक कुखुरा फर्ममा देखियो बर्डफ्लू

  • Kanchan News

  • शुक्रबार, माघ २८, २०७८

  • 209
    SHARES
चितवनको एक कुखुरा फर्ममा देखियो बर्डफ्लू

चितवनमा कुखुरामा लाग्ने बर्डफ्लू देखिएको छ । राप्ती नगरपालिका वडा नं. ६ स्थित एक फर्ममा बर्डफ्लू देखिएको हो ।

प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले उक्त वर्डफ्लु फर्ममा देखिएको र त्यसलाई नियन्त्रणमा लिने कार्य सुरु भएको बताउनुभयो ।

गत माघ २५ गते नमुना परीक्षण गरिएकोमा २७ गते बर्डफ्लू पुष्टि भएको उहाँले जानकारी दिनुभयो ।उक्त फर्मको एक सय मिटर वरपरका पक्षी नष्ट गर्ने काम आज हुने उहाँले जानकारी दिनुभयो । सो फार्ममा झन्डै दुई हजार कुखुरा पालिएका छन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News