दोहोरो अंकले घट्यो नेप्से परिसूचक

दोहोरो अंकले घट्यो नेप्से परिसूचक

  • Kanchan News

  • बुधबार, माघ २६, २०७८

  • 137
    SHARES
दोहोरो अंकले घट्यो नेप्से परिसूचक

सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । स्थानीय तहको निर्वाचन घोषणा भएसँगै बढ्ने अपेक्षा गरिएको बजार मंगलबार पनि घटेको थियो ।

बुधबार नेप्से परिसूचकमात्रै होइन कारोबार रकम समेत सुस्ताएको छ । मंगलबार ५ अर्ब नाघेको सेयर कारोबार रकम बुधबार साढे ३ अर्ब पनि पुग्न सकेन ।

सेयर कारोबार मापक नेप्से परिसूचक २२ दशमलव ११ अंकले घटेर २ हजार ८ सय १३ दशमलव ४७ अंकमा झरेको छ । उता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.५१ अंकले घटेको छ ।

दिनभर भएक ४५ हजार ११२ कारोबारबाट २२३ कम्पनीका ६५ लाख २० हजार ६२८ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कराोबार रकम ३ अर्ब ४७ करोड ११ लाख ९ हजार १८२ रुपैयाँमा रोकिएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News