स्याङ्जाको प्रसिद्ध धार्मिकस्थल ‘छाङ्छाङ्दी’ओझेलमा

स्याङ्जाको प्रसिद्ध धार्मिकस्थल ‘छाङ्छाङ्दी’ओझेलमा

  • Kanchan News

  • शनिबार, माघ २२, २०७८

  • 450
    SHARES
स्याङ्जाको प्रसिद्ध धार्मिकस्थल ‘छाङ्छाङ्दी’ओझेलमा

अहिले माघ महिना, श्रीस्वस्थानी व्रतकथा चलिरहेको छ । घर–घरमा श्रीस्वस्थानी व्रतकथा श्रवण गरेर बस्ने प्रचलन रहिआएको छ । श्रीस्वस्थानी व्रतकथाको महिमा जति भए पनि सोही कथासँग

जोडिएको ‘छाङ्छाङ्दी’ भने ओझेलमै छ । स्याङ्जाको भीरकोट नगरपालिका ४ तथा वालिङ नगरपालिकाको सीमामा अवस्थित ‘छाङ्छाङ्दी’ पौराणिक, ऐतिहासिक, धार्मिक एवं पर्यटकीय दृष्टिले प्रचुर सम्भावना हुँदाहुँदै पनि प्रचार प्रसारको अभावमा ओझेलमा परेको हो ।

सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गअन्तर्गत वालिङ र बयरघारीको बीचभागमा रहेको यो पवित्र धार्मिक तिर्थस्थलमा अपेक्षाकृतरुपमा भक्तजनहरु आउन नसक्नुको मुख्य कारण यसको प्रचार प्रसार हुन नसकेको बताउँछन् छायाँक्षेत्र (शिवमन्दिर) सेवा समितिका अध्यक्ष पिताम्बर श्रेष्ठ ।

‘धार्मिक, ऐतिहासिक एवं पर्यटकीय दृष्टिले यसको महिमा हुँदाहुँदै पनि आन्तरिक तथा बाह्य भक्तजनलाई आकर्षित गर्न सकिरहेका छैनौं’, उनले भने, ‘यसको महिमालाई देशका प्रसिद्ध धार्मिक तिर्थस्थलहरुसँग जोड्दै जानेगरी तयारी थालेका थियौं तर कोभिडका कारण निरन्तरता दिन सकेनौं ।’


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News