पोखरा
मनाङ मस्र्याङदी क्लब पोखरामा जारी २० औँ संस्करणको ‘आहा ! रारा गोल्ड कप’फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । त्रिभुवन आर्मीलाई टाइब्रेकरमा पराजित गर्दैै मनाङ मस्र्याङदी आहा ! रारा गोल्ड कप’ को फाइनलमा प्रवेश गरेको हो ।
पोखरा रङ्गशालामा आज सम्पन्न दोस्रो सेमिफाइनलको खेलमा मनाङले विभागीय आर्मी क्लबलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो । अब मानाङले सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबसँग खेल्ने छ । नियमित ९० मिनेट र थप गरिएको ३० मिनेटको समयमा समेत दुबै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टीमा मनाङले आर्मीलाई स्तबध बनायो ।
पेनाल्टी सुटआउटमा मनाङका गोल किपर अशोक बरालले आर्मीका युद्ध शाहीको प्रहारलाई रोक्दै मनाङलाई उपाधि नजिक पु¥याउनुभयो । विपक्षीको एक प्रहार रोक्न सफल हुनुभएका गोलकिपर बराल म्यान अफ दी म्याच समेत घोषित हुँदै रु आठ हजार पुरस्कार समेत प्राप्त गर्नुभयो ।
टाइब्रेकरमा मनाङका फ्रान्कलिन कुटी टाला, शिव गुरुङ, रुपेश केसी र अफिज ओलावालेले ओलावाले गोल गर्नुभयो । मनाङका विश्व अधिकारीको प्रहार पोष्टमा लागेर फर्किदा गोल हुन सकेन ।
आर्मीका लागि कप्तान भरत खवास, जर्जप्रिन्स कार्की र विवेक बस्नेतले गोल गर्न सफल हुनुभयो । दीपक गुरुङको पेनाल्टी प्रहार गोल पोष्टमा लागेर फर्किएको थियो ।
यही माघ ६ गतेदेखी सञ्चालन भइरहेको प्रतियोगिताको फाइनल खेल माघ १५ गते सञ्चालन हुने छ । सहारा क्लब पोखराले आयोजना गरेको ‘आहा ! रारा गोल्ड कप प्रतियोगिताको विजेताले रु १० लाख एक हजार सहित ट्रफी र मेडल पुरस्कार पाउनेछन् भने उपविजेताले रु पाँच लाख एक हजार र मेडल पुरस्कार पुरस्कार प्राप्त गर्नेछन् ।