विधि र विधान अनुसार चल्ने परिवर्तनकारी शक्ति नेपाली काँग्रेस नै हो ।

विधि र विधान अनुसार चल्ने परिवर्तनकारी शक्ति नेपाली काँग्रेस नै हो ।

विचार

  • बालकृष्ण ढकाल

  • बिहिबार, अशोज २१, २०७८

  • 235
    SHARES
विधि र विधान अनुसार चल्ने परिवर्तनकारी शक्ति नेपाली काँग्रेस नै हो ।

समाज, राष्ट्र र संसार बदल्ने अस्त्र भनेकै राजनीति हो राजनीति भन्नाले नीतिगत हिसाबबाट सैद्दान्तिक अवधारणा अनुरुप गरिने क्रियाकलाप हो । यसले राज्य संचालनको अधिकार प्राप्त गर्ने हैसियत राखेको हुन्छ । कुनै पनि संगठनले राजनैतिक रुपलिनको निम्ती भोलिको अवस्थामा राज्य व्यवस्था संचालनको खुबी सहित राज्य भित्रका नागरिकलाई प्रत्यक्ष प्रभाव पार्न सक्ने सिद्धान्तको प्रतिपादन गर्नुपर्ने जरुरत हुन्छ । कुनै पनि राजनैतिक दल भोलिको लागी सक्षम र प्रगतिशील शक्तिको रुपमा उदाउने आँट राख्छ भने कसैले वर्तमान अवस्थाको विश्व राजनीतिको यर्थाथतालाई आधार मानेर त्यो किसिमको सिद्दान्तलाई अंगिकार गर्न सक्नु पर्दछ । बदलिँदो विश्वलाई नजरअन्दाज गरेर प्रतिपादन गरेको सिद्धान्तले वास्तवमै आफ्नो राजनैतिक उद्देश्यलाई सही दिशामा मार्गदर्शन गर्न सक्दछ ।
हाम्रो देश नेपाल सामाजिक भौगोलिक र भाषिक जस्ता विविधताले भरिपूर्ण एउटा विशिष्ट राष्ट्र हो । नयाँ नेपाल एउटा विकसित र सभ्य नेपाल हुनुपर्छ । जसमा कुनैपनि नागरिक भोकभोकै मर्नु नपरोस् कोही पनि नेपाली रोगव्याधीबाट अकालमा मर्नु नपरोस् सबैले स्वतन्त्र र स्वेच्छाले बाँच्नपाउने, व्यक्तिगत स्वतन्त्रताको अधिकतम् उपभोग गर्न पाउन् भन्ने उद्देश्य राजनीतिको मूलमर्म सावित हुनु जरुरी हुन्छ ।
नेपाली माटोमा विविध जनहितका सवालहरुलाई आफ्नो गन्तब्य सावित गराउने उद्देश्यले निरकुश जहाँनियाँ राणा शासनको अन्याय अत्याचारको विरुद्ध संगठित भई राणाहरुको हुकुमी शासन अन्त्य गरी प्रजातान्त्रिक व्यवस्था कायम गर्ने उद्देश्यले २००६ साल चैत २६ गते स्थापना भएको एउटा राजनैतिक शक्तिको नाम हो नेपाली कांगे्रस ।
राष्ट्रियता, लोकतन्त्र र समाजवादको आर्दश एवं सिद्धान्त अनुरुप बहुदलिय लोकतान्त्रिक गणतन्त्र तथा संसदीय प्रणालीको माध्यमबाट नेपालमा न्यायपूर्ण र गतिशिल समाजको निर्माण गरी सामाजिक, राजनीतिक तथा आर्थिक विकास गर्नु नेपाली कांगे्रसको उद्देश्य रहेको छ । नेपाली कांगे्रसले प्रतिपादन गरेको सिद्दान्तको बारेमा बुझ्नको लागि सबभन्दा पहिले राष्ट्रियता को बारेमा बुझ्नु जरुरी हुन्छ । वी.पि कोइरालाको भनाइ अनुसार “राष्ट्रियता कुनै भूगोल मात्र होइन जनताको सामूहिक मनोभावनालाई लक्षित गर्ने शब्द हो” । सामुहिक रुपबाट समय – समयमा आइ पर्ने राष्ट्रिय समस्याहरुको समाधानमा लाग्नु पर्दा सहज किसिमले उत्पन्न हुने जनभावना नै राष्ट्रियता हो । नेपाली कांगे्रस नेपाली जनतामा राष्ट्रिय एकता अभिवृद्धि गरी नेपालको सार्वभौम अस्थित्व रक्षाका लागी सदा तत्पर रहँदै आएको शक्ति हो ।
त्यस्तै लोकतन्त्र लाई छात्तीमा टाँसेर हिड्ने शक्ति नेपाली कांगे्रसले जनताको लागी जनता द्व्रारा गरिने शासन पद्धति नै लोकतन्त्र हो भन्ने गर्दछ । लोकतन्त्रमा बोल्न पाउने स्वतन्त्रता, सभा सम्मेलन गर्न पाउने स्वतन्त्रता संगठन गर्ने स्वतन्त्रता, न्यायिक स्वतन्त्रता, पे्रस स्वतन्त्रता आदिको सुनिश्चितता हुन्छ । हरेक मानिसलाई स्वतन्त्र पूर्वक बाच्न पाउने अधिकार प्रदान गरिएको हुन्छ । हरेक नागरिक सार्वभौम हुन्छन् । यसमा डर, त्रास, धम्कीबाट मुक्तभएर गोप्य मतदान गरी आप्mना प्रतिनिधि छनौट गर्न चुनावको व्यवस्था हुन्छ धेरै जनताले भोट दिएर चुनेको पार्टीले शासन गर्न पाउँछ । र अल्पमतको पनि कदर हुन्छ । भोट पाएर निर्वाचित पार्टी वा व्यक्तिले खराब काम गरेमा त्यसलाई जनताले फिर्ता बोलाउन सक्ने अधिकार हुन्छ । शन्तिपूर्ण ढंगबाट शासन परिवर्तन गर्ने परिपाटी लोकतन्त्रमा मात्र पाइन्छ । जनताले चुनेको प्रतिनिधिले कानुन निर्माण गर्दछन् र लोकतन्त्रमा कानुन द्व्रारा शासन चल्दछ । अनि नेपाली कांगे्रसले अंगालेको अर्को सिद्धान्त समाजबाद पनि हो राजनैतिक स्वतन्त्रताको माध्यमबाट आर्थिक समानता कायम गराउने उद्देश्य समाजबादको हुन्छ । राजनैतिक स्वतन्त्रता मात्र भएर आर्थिक समानता नभए त्यहाँ पूँजीपतिको बाहुल्यता हुन जान्छ । आर्थिक समानता मात्र भएर राजनैतिक स्वतन्त्रता नभए त्यहाँ साम्यबाद र (अधिनायकबाद) को जन्म हुन सक्दछ ।


लोकतान्त्रिक समाजवादले समाजमा सामाजिक न्याय आर्थिक समानता कायम गर्न, उत्पादनका साधनहरु जस्तै कलकारखाना उद्योग, व्यापारलाई समाजको नियन्त्रणमा राखिएको हुन्छ । समाजमा बस्ने मानिसहरु उत्पादनका कार्यमा सहभागी हुँदा शोषण अन्याय कम हुनुका साथै आर्थिक अनुशासन कायम हुन्छ । जननिर्वाचित सरकारले जनतालाई विकासको काममा अभिपे्ररित गराउँदछ । लोकतान्त्रिक समाजबादमा धनी गरिब बिचको असमानताको दूरि कम गरिन्छ । प्रगतिशिल कर प्रणाली लागू गरि राज्यको स्रोत र साधनमा सबै वर्ग समुदायको समान अधिकार स्थापित गरिन्छ । धनी र गरिव बीचको आय–आम्दानीको अन्तरमा कमी ल्याइ गरिव जनतालाई उन्नतीको मार्गमा उन्मूख गराइन्छ ।
नेपाली कांगे्रसको इतिहास ः
नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजबादको सम्बद्र्धनका लागि गएको सात दशक भन्दा लामो समयदेखि लगातार संघर्ष गर्दै आएको पाटी हो नेपाली कांगे्रस राणाहरुको हुकुमी शासनको अन्त्य गरी प्रजातान्त्रिक व्यावस्था कायम गर्ने उद्देश्यले वि.स. २००३ सालमा वी.पि. कोइरालाको नेतृत्व मा कलकत्तामा नेपाली राष्ट्रिय कांगे्रसको स्थापना भएको थियो भने पछि २००५ सालमा कलकत्तामै शुवर्ण समशेर राणाको नेतृत्वमा रहेको नेपाल प्रजातन्त्र कांगे्रस समेत सम्मीलित भई २००६ चैत २६ गते नेपाली कांगे्रसको विधिवत स्थापना भएको थियो । नेपाली कांगे्रसको नामाकरण संगै चैत २७ गते देखि प्रारम्भ भएको स्थापना सम्मेलनले “नेपाली कांगे्रसको ऐतिहासिक घोषणापत्र २००६” जारी गरेको थियो । यस घोषण पत्रमा राणा शासनको समाप्तीका लागी आब्हवान साथै संसदीय प्रजातन्त्रको आधारित निर्वाचित जनप्रतिनिधिको सरकार, शोषणमुक्त आर्थिक व्यावस्था र सुधार सामाजिक न्यान तथा राष्ट्रिय स्वतन्त्रता, समानता एवं विश्वशान्तिमा आधारित परराष्ट्र निती जस्ता विषयहरुलाई आधारमुत सिद्धान्तको रुपमा अंगालेको थियो ।
इतिहास संगै संघर्ष ः
नेपालको इतिहासमा वर्गिय आन्दोलनको सुरुवात २००३ साल फागुन २० गते विराटनगर जुटमिलका मजदुरहरुले आफ्नो हक, हित र अधिकारका लागी विभिन्न मागहरु राखी ऐतिहासिक हडताल सुरु गरेका थिए यसको मुख्य उद्देश्य भने राण शासनको अन्त्य गर्ने उद्देश्यका साथै नेपाली कांगे्रसले विभिन्न खाले आन्दोलनहरु छेड्न थाल्यो । राजा शासनको विरुद्ध सशस्त्र क्रान्ति गर्ने उद्देश्यले नेपाली कांगे्रसले विभिन्न सैनिक फौजमा काम गरेका कार्यकर्ताहरुलाई समेटेर जनमुक्ति सेनाको स्थापना ग¥यो । राणा शासनको विरुद्ध देशव्यापी आन्दोलनको घोषणा ग¥यो । ति संघर्षका नामहरु यस प्रकारका छन् ।
– जयतु संस्कृतम आन्दोलन
परबानीपुर संघर्ष
गौर आन्दोलन विरगंजको आन्दोलन
ठोरी संघर्ष
विराटनगर संघर्ष
झापा संघर्ष
पूवि पहाडी संघर्ष
उदयपुर गडीको संघर्ष
सर्लाही संघर्ष
जनकपुर संघर्ष
पाल्पा संघर्ष
परासी संघर्ष
बुटबलको संघर्ष
भैरहवा संघर्ष
दाङ संघर्ष
धनगडी संघर्ष
काठमाडौं उपत्यका संघर्ष
सुदुर पश्चिम पहाड संघर्ष आदी
यसरी देशभर संघर्षहरु चल्न थालेपछि क्रान्तिको ज्वाला बाट अत्तालिएको राणशासकहरुले भारत र राजा, कांगे्रस र राणाहरु बिच दिल्लमिा सम्झौता गरी राणा शाहीले जनताको सामू झक्दै १०४ वर्ष सम्मको आफ्नो शासनलाई त्याग गर्नु परेको थियो । यसरी जब राणा शासनको अन्त्य त भयो तर त्यसपछिको समयपनि सहज हुन सकेन । केही पुर्तिगामी तत्वहरुले राजालाई उचालेर भर्खर जन्मिएको प्रजातन्त्र माथि निर्भम आक्रमणहरु हुन थाले । एकातिर भर्खर सत्ताबाट हटाइएका तत्वहरु खुकुरीदल खडागरी जनतालाई अतंकित गर्न थाले अर्कातिर दरबार विस्तारै सारा शक्ति आफ्नो हातमा केन्द्रित गर्न तिर लाग्यो । त्यस्तै विदेशी शक्तिहरु पनि नेपालको प्रजातन्त्र माथि गिद्धे नजर लगाउन थाले । विपी कोइरालाको प्रजातान्त्रिक सरकार माथी विभिन्न आक्रमण हुन थाल्यो । तथापी देशमा स्थापित प्रजातन्त्रले केही उपलब्धीहरु भने जनतालाई दिलाएकै थियो । नागरिक स्वतन्त्रता र मौलिक हक, पार्टी खोल्ने स्वतन्त्रता र बहुदलिय राजनीतिक पद्धती, स्वतन्त्र न्यायालय, संसदिय प्रणलीमा आधारित शासन व्यास्था जस्ता उपलब्धीहरु जनताले प्राप्त गरेका थिए । यसरी प्राप्त हकको संरक्षण र कार्यन्वयनको लागि नेपाली कांगे्रसले लगातार संघर्ष ग¥यो । यसको फस्वरुप धेरै जसो पुराना रुढीवादी समान्ती प्रथाहरु उखेलिय र थुप्रै सामाजिक सुधार का कामहरु थालिए । स्कुल कलेज र कारखानाहरु खुल्न थाले प्रशासन सुधार गरि लोकसेवा आयोग सर्वोच्च अदालत जस्ता प्रजातान्त्रिक संस्थाहरुको स्थापना भए । नेपाली कांगे्रसले संद्दान्तिक लाईन स्पष्ट पार्नको लागी २००६ सालको घोषणापत्र मै लोकतान्तिक समाजबादको अवधारणा पारित गरेको थियो । २०१२ को विरगंज अधिवेशनले विधिवत रुपमा स्पष्ट तबरले समाजबाद सिद्धान्तलाई स्वीकार गरेको हो ।
देशमा प्रजातन्त्र फस्टाएर जनताले स्वतन्त्रताको महसुश गर्न थाल्यो । प्रजातन्त्रलाई निस्तेज पार्नका निम्ती प्रजातन्त्रका अगुवाहरुलाई निगरानीमा राख्ने र निरकुशतन्त्र को जन्म गराई पून जनताको उपलब्धीहरु खोस्दै लैजाने षडयन्त्र मागहरु राख्दै विभिन्न खाले आन्दोलनहरु सुरु ग¥यो । भद्र अबज्ञा आन्दोलन २०१४, संविधान सभाको माग २०१५, जस्ता अघि सार्दै देश व्यापी आन्दोलन छेड्यो । त्यसपछि जनताको संघर्ष पूर्ण आन्दोलन का उपलब्धीको रुपमा देशमा प्रथम आमनिर्वाचन २०१५ सम्पन्न भयो । यस निर्वाचनले प्रजातन्त्रका पक्षधरहरुको नेतृत्वमा सरकार निर्माण भयो र यस सरकारले छोटो समयमा धेरै जनहितका कामहरु ग¥यो ।
विर्ता उन्मुलन, राजारजौटा उन्मुलन, सहकारी संस्थाको गठन, गाउँ विकास योजानको सुरुवात विकेन्द्रीकरण का लागी स्थानीय पञ्चायतहरुको स्थापना बनको राष्ट्रिकरण रोयल नेपाल एयरलाइन्स कर्पोरेसन का राष्ट्रियकरण जस्ता ठोस कार्यहरु मात्र हैनन् यातायातको क्षेत्रमा आर.टी ओ.च्त्इ) अन्तरगत मार्गहरुको निर्माण, रोपवे का विस्तार, पूर्वपश्चिम राजमार्गको सवैक्षण हवाइ यातायातको विस्तार, पक्षहरुको निर्माण, सिंचाइ तथा कृषि विकास क्षत्रमा मूलुकभरी अनेकौ परियोजनाहरु सुरु गर्ने र सम्पन्न गर्ने जस्ता कार्यहरु जोडतोड का साथ हुदै गए । कांगे्रस सरकारले देश भरी स्कुल खोल्ने र देशको प्रथम विश्व विद्यालय त्रिभुवन विश्वविद्यालयको स्थापना गर्ने काम ग¥यो । त्यस्तै बालाजु औधोगिक क्षेत्रको स्थापना चिनी र चुरोट कारखानाको स्थापना देश भरि घरेलु उद्योगहरुको सुरुवात नेशनल टे«डिङको स्थापना र बढी अन्न उब्जाउ जस्ता अभियानहरु समेत संचालन ग¥यो । भुमिसुधार गरी सामान्ती प्रथाको उन्मुलन गर्ने प्रगतिशिल करप्रणली र सहकारी आन्दोलन जस्ता कार्यक्रमहरु लिएर देश विकासका लागी सुव्यवस्थीत बजेट र योजनावद्ध आर्थिक विकासको गतिशिलमार्ग अंगालेर कांगे्रस अघि बढ्यो ।
तर यसरी देशमा प्रजातन्त्रको उदय र देशबिासको द्रुत गति देखेर फेरी शाही शक्तिले टाउँको उठाउन थाल्यो । प्रगतिगामी शाही कदम १०१७ले प्रजातन्त्रको टाउको निमोठ्ने हर्कत ग¥यो । यसको विरुद्ध नेपाली कांगे्रसले पून आन्दोलन सुरु गर्न बाध्य भयो । शाहीकदम विरुद्ध सशस्त्र संघर्ष २०१८÷२०१९ सुरु भयो । हरिपुरा काण्ड देखि विराटनगर वम काण्ड, लगाएतका थुप्रै घटनाहरु थरे । २०३६ मा विधाथि आन्दोलन चर्कियो । जनमत संग्रहका घोषण भयो । त्यस्तै २०४२ सालमा सत्याग्रह हुदै २०४६ सालको आन्दोलनले निरंकुश पञ्चायती व्यवस्थालाई ढाल्न सफल भयो । त्यसपछि पनि पटक पटकको निरंकुश शाही कदमलेको विरुद्ध नेपाली कांगे्रसले संघर्षगरि नै रह्यो २०६२÷६३ को जनआन्दोलनको नेतृत्व पनि नेपाली कांगे्रसले नै ग¥यो भने नयाँ संविधान निर्माणको काममा पनि नेपाली कांगे्रसले अग्रणी भुमिका निभाएको स्पष्ट देखिएको छ । त्यसकारण हामी भन्न सक्छौ की नेपाली कांगे्रस जन्म नै क्रान्तिकारी शक्ति हो भने विकास र नीति निर्माणको सवालमा अग्रगामी शक्ति हो भन्ने कदापी दुइमत छैन ।
नेपाली कांगे्रस संगठनिक हिसावमा हेर्ने हो भने आफ्नो विधि र विधा अनुसार चल्ने प्रजातान्त्रिक शक्ति हो यसको माथिल्लो निकाय भनेको महाधिवेशन हो । हरेक ४÷४ वर्षमा हुने महाधिवेशन केन्द्रिय समिति बन्दछ । यसको अलबा नेपाली कांगे्रसको केन्द्रिय समिति अन्र्तगत विदेशमा रहेका नेपालीहरुको जनसम्पर्क समिति एवं विभिन्न केन्द्रिय विभागहरु समेत रहेका हुन्छन् ।
संगठनको संरचना ः
क्रियाशिल सदस्यहरुबाट वडा÷नगर इकाई समिति बन्दछन् ।
वडा÷नगर इकाइबाट महिला, दलित, जनजाती, अल्पव्यस्कहरुको अनिवार्य प्रतिनिभित्व गराइ समावेशी क्षत्रिय प्रतिनिधिहरु छानिन्छन् ।
क्षत्रिय प्रतिनिधिहरुबाट क्षत्रिय समिति बन्दछ । क्षत्रिय प्रतिनिधिहरुबाट नै क्षेत्रिबाट क्षत्रिय सभापति सहित १२ जना महाधिवेशन प्रतिनिधि एवं पाँच जना महाधिवेशन सदस्यहरु छानिने छन् ।
महाधिवेशन प्रतिनिधिहरु मात्र जिल्ला सभापतिको उम्मेदवार हुन पाउने गरि क्षेत्रिय प्रतिनिधिहरु माध्यबाट जिल्ला समिति बन्दछन् ।
महाधिवेशन प्रतिनिधिहरु मात्र उम्मेदवार हुन पाउने गरी नेपाली कांगे्रसको केन्द्रीय समिति बन्दछ ।
वडा÷ नगर÷ क्षेत्र÷ जिल्ला समितिहरुमा सभापति, उपसभापति, सचिव, सहसचिव, कोषाध्यक्ष एवं सदस्यहरु रहेका हुन्छन् । भने केन्द्रिय समितिमा सभापति, उपसभापति, महामन्त्री सहमहामन्त्री, कोषाध्यक्ष एवं सदस्यहरु रहेका हुन्छन् ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News