नेपाली कम्युनिष्ट आन्दोलनको गन्तव्य के हो ?

नेपाली कम्युनिष्ट आन्दोलनको गन्तव्य के हो ?

विचार

  • बालकृष्ण ढकाल

  • बुधबार, भदौ ३०, २०७८

  • 277
    SHARES
नेपाली कम्युनिष्ट आन्दोलनको गन्तव्य के हो ?

विश्व कम्युनिष्ट आन्दोलनलाई बुझ्नको लागी माक्र्स, लेलिन र माओ लगायत विभिन्न साम्यवादी सिद्धान्तका पक्षधरहरुको भिषण क्रन्तिको गुदी केलाउन जरुरत देखिन्छ । संसारभर जन्मिएका कम्युनिष्ट सैद्धान्तिक आधारलाई चुरोको रुपमा लिई नेपालमा उदाएका साम्यवादी शक्तिहरुले पटक–पटक क्रान्ति र युद्धहरु छेडी सकेको अवस्थामा सत्ताको स्वाद समेत ग्रहण गरिसक्दा पनि देश परिवर्तनको लागी के कुराले छेक्यो त ? खोजको विषय बनेको छ ।
कम्युनिजम भित्रको माक्र्सवादको पाटोले आजसम्मको सम्पूर्ण समाजको इतिहास वर्गसंघर्ष कै उपज हो भन्ने गर्दछ आफ्नो भन्दा फरक धारलाई प्रमुख शत्रुको संज्ञा दिने यो शक्तिले गरिव मजदुरहरुको पक्षमा वुलन्द आवाज ओकेल्ने कलालाई आफ्नो बहादुरी ठान्ने गर्दछ । गरिव मजदुरको पक्षमा जति वकालत गरेर नथाक्ने शक्तिलाई नेपाल जस्तो गरिवीको बाहुल्यता भएको देशमा दुईतिहाइको बहुमत पाउँदा पनि आफ्नो दस्तावेजमा भने जस्तो शासन संचालन गर्न नसक्नुको कारण के हो ? अझै भन्ने हो भने शासन शक्तिमा उन्मत्तता हासिल गर्दा गर्दै विष बभन गरेर आ–आफै टुक्रा टुक्रा भएर फुट्नुमा के को कमजोरी हो त ? यो विषयको गहिरो विश्लेषण हुनु जरुरी दखिन्छ ।
साम्यवादको खोलभित्र नक्कली छद्मभेदी भ्रुणहरु विकसित त हुँदै छैनन् ? समतामुलक समाजको निर्माण गर्ने पूँजीवादी सत्ताको दुहाइ दिँदै जमिनमा सबैको समान हक अधिकारको प्रत्याभुत गराउने, गरिवीको खाडल लाई निमिट्यान्न पार्दै लैजाने समाजमा रहेको जातिय, धार्मिक क्षेत्रिय, लैङगीक तथा समग्र विभेदहरुको कुसलतापूर्वक अन्त्य गर्ने महिला, अपांग, बेसहारा लगायत पिछडीएका बर्गलाई न्यायोचित अबतरण गराउने र देशको आर्थिक बृद्धिदर उकास्ने रोजगारीको सिर्जना गर्ने, आधुनिक कृषिक्रान्ति गर्ने, स्वास्थ्य शिक्षामा सबैको पहँुच पु¥याउने जस्ता अनगिन्ती आस्वाशनका दस्तावेजहरुको व्यावहारिक प्रयोग कहिले गर्ने हो ? शक्ति संघर्षको वाहानामा पार्टी फुटाउने र सैद्धान्तिक बिचलनले साम्यवादी धार नै परिवर्तन गर्ने आपसमा द्वैश र प्रतिरोधको रोगले उग्ररुप लिने किसिमका खतरनाक स्थितिहरु नेपाली कम्युनिष्टहरुमा किन देखा परिरहेका छन् ? बहस यसैमा हुनु जरुर छ ।
सर्वप्रथम हामीहरुले विश्व कम्युनिष्ट क्रान्तिलाई बुझ्न जरुर देखिन्छ । “संसार भरिका मजदुरहरु एक हौं” भन्ने उद्दघोषका साथ सुरु भएको कम्युनिष्ट आन्दोलनलाई कार्लमाक्र्स र एंगेल्स जस्ता आर्दशबादी व्यक्तीत्वहरुले आफ्नो जीवनभर बलवुतो लगाएको इतिहास नकार्नू मुर्खता हो वर्गिय विभेद र दमनकारी राज्यसत्ताहरुलाइ दुहाइ दिने सैद्दान्तिक दस्तावेजहरुको प्रतिपादन गर्दै कम्युनिष्ट आन्दोलनलाई संसार बदल्ने शक्तिको रुपमा प्रयोगमा ल्याउने कार्लमाक्र्स विश्व कम्युनिष्ट शक्तिको पिता हुन भन्दा फरक नपर्ला । उनको १८४७ मा जारी कम्युनिष्ट घोषणा पत्र जसले विश्व इतिहासको ऐतिहासिक र द्वन्द्वात्मक भौतिकवादी व्याख्या र अतिरिक्त मुल्यको सिद्धन्तलाई उजागर गर्दै अगाडि बढेको दस्तावेज महत्वपूर्ण सावित भएकै छ ।

madhav
माक्र्सवादी सिद्धान्तको आधारमा सम्पन्न पहिलो सफल क्रान्ति १९१७ को महान अक्टोवर क्रान्ति हो । यो क्रान्तिको अगुवाइ रुसी कम्युनिष्ट पार्टीका नेता लेलिनले रुसी परिस्थिती अनुरुप माक्र्सवादको सिर्जनात्मक प्रयोग र विकासको आधारमा गर्नुभएको थियो । साम्राज्यवाद भनेको पँुजीवादको सर्वोच्च अवस्था हो भन्ने निश्कर्षका साथ लेनिनले साम्राज्यवादी युगमा पुँजीवादी अर्थतन्त्र र राजनीतिमा अन्तरनिहित पक्षहरुको व्याख्या र विश्लेषण गर्ने काम गरेका थिए । अन्तमा उनले रणनीति, कार्यनिति र संगठनात्मक सिद्धान्त कम्युनिष्ट आन्दोलनको महत्वपूर्ण विषय हो भन्ने धारणा अघि सारेका थिए । लेलिनको यो धारणा नै विश्व कम्युनिष्ट आन्दोलनको मेरुदण्ड सावित भएको यर्थाथ हो । अठारौं सताब्दीको मध्यतिर मजदुर वर्ग कच्चा रहेको अवस्थामा पनि यो वर्गले पुँजीवादको विरुद्ध ठूला–ठूला युद्ध छेड्यो, जसले गर्दा युरोपका समस्त पँुजीवाद राष्ट्रहरु सामान्तवादी राष्ट्रहरु पोपहरुको मनमा ढ्याङग्रो ठोक्न थाल्यो अनि यी शक्तिहरुले आपसमा रहेका वैरभाव र तँछाडमछाडको स्थितिलाई समेत विर्सिएर मडारिँदै आएको मजदुर वर्गको आन्दोलन लाई दवाउन रुसी बादशाह जार को नेतृत्वमा संगठित भइ अभियान अघि बढायो । तर यसको जवाफ मा अन्तर्राष्ट्रिय कम्युनिष्ट शक्तिहरु एकजुट भई लण्डन मा ठुलो भेला सम्पन्न भयो र विश्वमजदुर एकताको आवश्यकता महसुस गरी उक्त सम्मेलनले कार्लमाक्स र एंगेल्सलाई पार्टीको तर्फबाट कम्युनिष्ट घोषणापत्र निर्माण गर्ने जिम्मा दियो त्यसपछि उक्त घोषणापत्रले मजदुर वर्गको आन्दोलनमा वैज्ञानिक ज्योति र शक्ति थपिदियो । लगभग १९१७ तिर त्यस क्रान्तिले संसारको ६ खण्डको एक खण्ड को रुपमा रहेको सोभियत रुपमा मजुदर क्रान्तिले विजय हाँसिल गर्यो । तसर्थ सोभियत रुस विश्व मजदुर वर्गको एउटा सुदृढ र विशाल गढ र किल्ला बन्न सफल भयो । यसरी विश्व इतिहासलाई केलाउने हो भने वर्गिय विभेदको विरुद्ध भएका विश्व कम्युनिष्ट आन्दोलन लखतरो र ढाँटछलको नौटङ्की अबस्था थिएन । एउटा सैद्दान्तिक र आर्दशपूर्ण रणनैतिक दस्तावेजलाई आत्मसाथ गरि अगाडि बढाइएको आन्दोलन थियो । अठारौं सताब्दीको पूर्वाद्ध तिरै बेलायतको औद्योगिक क्रान्ति र फ्रान्सको राज्यक्रान्तिले संगठित मजदुर वर्गको आवाजलाई मूर्तरुप दिइसकेको थियो यी दुुई ठुला क्रान्तिहरुले विश्व साम्राज्यवाद र सामान्तवादलाई धक्का दिइसकेको थियो । त्यसकारण विश्व परिवर्तन र मजदुर उत्थानको निम्ती भएका यी आन्दोलनहरुको अध्ययन विना सतहीरुपमा कम्युनिष्टको नाममा ढिङगरी पिट्नु राष्ट्रको लागी र समग्र कम्युनिष्ट आन्दोलनको निम्ती उपहास सिवाय केही हुने छैन । यसरी विश्व कम्युनिष्ट आन्दोलनको विषय जोड्नुको मुख्य कारण पनि यही हो कि नेपाली राजनितिमा परिपक्वता र सैद्दान्तिक बसाइ विनाका व्यक्तिहरुको हाली–मोहली को कारण देश त बिग्रीन्छ बिग्रन्छि नै विश्व कम्न्युष्ट आन्दोलनलाई नै उपहास सावित गर्छ कि भन्ने आशाका को पर्दाफास गर्नु नै जरुरी छ ।
यसरी विश्व कम्युनिष्ट आन्दोलनको विश्लेषण गरिरहँदा नेपालको कम्युनिष्ट आन्दोलनको पनि अध्ययन नगर्नु अपुरो सावित हुनसक्छ । तर्सथ हामीले नेपाली कम्युनिष्ट आन्दोलन र बिकासको बारेमा पनि विश्लेषण गर्नुपर्ने आवश्यकता देखिन्छ । कम्युनिष्ट आन्दोलनको मेरुदण्ड भनेको वर्गिय आन्दोलन नै हो । उच्च वर्गको थिचोमिचोमा रहेका निम्न वर्ग अथवा मजदुर वर्गको पक्षमा गरिने आन्दोलनहरु यसको जग हो । नेपालमा पनि यदि वर्गिय विभेद र शासकको तानाशाही विरुद्ध लड्नु आवश्यक थियो । तसर्थ यसको विरुद्ध संघर्ष गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै नेपाली कम्युनिष्ट आन्दोलनको सुरुवात हुन पुगेको हो । राणाशासनको विरुद्ध आन्दोलित हुनुपर्ने स्थितिको मुल्यांकन गर्दै नेपाल कम्युनिष्ट पार्टीको नाममा पहिलो पर्चा २००६ वैशाख १२ गते प्रकाशन गरेर नेपाल कम्न्युष्ट पार्टीको गर्भाधान भएको हो । वैशाख १८ गते पार्टीको संस्थापक महामन्त्री पृष्पलाललाइ चयन गर्दै निरन्जन गोविन्द वैद्य, नारायण विलास जोशी, नरबहादुर कर्माचार्य र दुर्गादेवी श्रेष्ठ संस्थापक सदस्य रहेको पार्टी विस्तार भएको थियो । भाद्र ३० मा पार्टीको केन्द्रीय संगठन समिति, विधान र घोषणा पत्र जारी गर्दै २००६ भाद्र ३० गते लाई नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको घोषण गरिएको थियो । किसान, मजदुर, महिला र विद्यार्थीको हितको सुनिश्चितताका लागी संगठीत हुन पहिलो पर्चामा आह्वान गरिएको थियो । स्थापनाको ४ वर्षपछि २०१० मा पार्टीको पहिलो महाधिवेशन भएको थियो । महासचिवमा मनमोहन अधिकारी निर्वाचित भएका थिए भने १४ सालको दोस्रो महाधिवेशनमा केशरजंग रायमाझी महासचिव भएका थिए । उनी शरुदेखि नै राजालाई मानेर अघि बढ्न पर्छ भन्ने सोचका भएका कारण २०१६ सालपछि कम्युनिष्ट पार्टी पहिलो पटक विभाजन भयो । त्यसपछि बाँकी रहेका नेताहरुमा पनि विभिन्न किसिमका मतभेदहरु उत्पन्न हुनथाले त्यसपछि पार्टी भित्रको रडाको कै कारण पार्टी नै अवसानको स्थितिमा पुगीसकेको थियो । अन्त्यमा २०२५ तिर पुष्पलालले तेस्रो अधिवेशन गराए तर यो एक वर्ष नपुग्दै टुट्न पुग्यो । त्यसपछी विभिन्न मतभेद हँुदाहुदै पार्टीको दुइ धार स्थापित भयो र एक धारको नेतृत्व सिपि मैनालीले गरे भने अर्को धारको नेतृत्व मोहनविक्रमले नै गरेका थिए । यी दुई समुह बिचको गहिरो ध्रुविकरण ४८ वर्ष सम्म रह्योे । २०२८ सालदेखि आजसम्म यी दुई समुह आन्तरिक रुपमा दर्ननौ पटक फुटे अनी दुई चार पटक जुटे पनि नेपाली कम्युनिष्टको इतिहास हेर्ने हो भने आन्तरिक कलहका कारण ७० वर्षमा लगभग ७० पटक नै फुटेको यथार्थता स्पष्ट देखिन्छ ।

abc
यसरी इतिहास केलाउदै जाने हो भने लेख अत्यन्तै लामो हुन जान्छ, तसर्थ हामीले समग्रमा बुझ्नु पर्ने कुरा के हो त्यसको जानकारी लिनु आवस्यक देखिन्छ । कम्युनिष्ट क्रान्तिको गन्तब्य के हो त्यो स्पष्ट हुनु जरुरत छ । आजको दिनसम्म जनयुद्ध समेत देशले खेप्नु प¥यो । आखिरमा उपलब्धी कति भयो ?
बर्गिय खाडल पुर्नकै लागि भनेर गरिएका क्रान्तिहरुले गरिब बर्गका लागि के के ग¥र्यो त्यो चासोको विषय हो । गरिब मजदुरहरुको हितको निम्ती चलाईएका मजदुर आन्दोलन, एमालेको झापा विद्रोह र माओवादीको जनयुद्धले के कति राहत दियो भन्ने कुराको लेखाजोखा कहिले गर्ने ? सधै राजनीतिक खिसीटिउरी र गाँडा कोराकोर मै समय विताउने व्यक्तिबाद र भ्रष्ट्राचारमै लिप्त रहने नेतृत्वले जनताको लागि के गर्न सक्छ ? भन्ने बारे सोध्नु पर्ने होइन र ? तसर्थ नेपाली माटोमा कम्युनिष्ट आन्दोलनले के दियो र यसको गन्तव्य के हो भन्ने कुरा को विश्लेषण गर्नु आवश्यक देखिन्छ । कम्युनिष्टको खोल ओड्ने तर हिँडाई यथास्थितीवादीको जस्तै देखिने अनि व्यक्तिवाद, परिवारवाद, गुठ, उपगुठ र निहित स्वार्थमा मात्रै रमाउने हो भने विश्व कम्युनिष्ट आनदोलनको उपहास सिवाय केही हुने छैन ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News