शेयर बजार ओरालो लाग्ने क्रम जारी

शेयर बजार ओरालो लाग्ने क्रम जारी

शेयर धितो कर्जाको सिमा खारेज गर्न अर्थमन्त्रीलाई इन्भेष्टर्स फोरमको आग्रह

  • Kanchan News

  • बिहिबार, भदौ १७, २०७८

  • 259
    SHARES
शेयर बजार ओरालो लाग्ने क्रम जारी

१७ भदौ, काठमाडौं । साताको अन्तिम कारोबार बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले घटेको छ । नेप्से परिसूचक ५० अंकले घटेर २ हजार ९ सय २६ दशमलव ८९ अंकमा झरेको छ । नेप्से परिसूचकसँगै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ८ दशमलव ९० अंकले घटेको छ । उता सेयर कारोबार रकम भने बुधबारकै हाराहारीमा भएको छ । दिनभर भएका एक लाख ५ हजार ७ सय ७५ कारोबारबाट २३०क म्पनीका १ करोड ८१ लाख ९ हजार ९ सय ६७ कित्ता शेयर किनबेच भएक छन् । जसबाट कारोबार रकम ९ अर्ब ५० करोड ५९ लाख ७० हजार ८ सय २२ रुपैयाँ पुगेको छ ।

शेयर धितो कर्जाको सिमा खारेज गर्न अर्थमन्त्रीलाई इन्भेष्टर्स फोरमको आग्रह

राष्ट्र बैंकको नया नीतिपछि बजार लगातार ओरालो लागेको अवस्थामा नेपाल इन्भेष्टर्स फोरमले शेयर धितो कर्जामा १२ करोडको सीमा तत्काल खारेज गर्न माग गरेको छ । अर्थमन्त्रीलाई ध्यानकर्षण गराउँदै फोरमले शेयर धितो कर्जाको सीमा खारेज गर्न माग गरेको हो ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति र एकीकृत निर्देशिकाले शेयर धितो कर्जाको सीमालाई १२ करोड रुपैयाँ सिमित गरेको छ । उक्त १२ करोड रुपैयाँ पनि ३ वटा बैंक तथा वित्तीय संस्थाबाट ४ करोड रुपैयाँको दरले मात्रै लिन पाउने व्यवस्था गरेको छ ।

यस्तो व्यवस्थाले गर्दा लगानीकर्ताहरुले शेयर बिक्री गरी ऋण चुक्ता गर्दा शेयर बजारमा प्रत्यक्ष दबाब सिर्जना भई विगत धेरै दिनदेखि शेयर बजारमा निरन्तर रुपमा गिरावट आएको जनाएको छ । यस्तै राष्ट्र बैंकले शेयर धितो कर्जा सम्बन्धी विभेदकारी तथा अव्यवहारिक नीतिका कारण शेयर बजारलाई जोगाउन र लगानीकर्ताका लागि लगानीको वातावरण बनाउन एकिकृत निर्देशिकाले व्यवस्था गरेको १२ करोड ऋणको सीमा तत्काल खारेज गर्न अर्थमन्त्री समक्ष आग्रह गरेको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News