नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

  • Kanchan News

  • शुक्रबार, साउन २२, २०७८

  • 125
    SHARES
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

श्रावण २२, २०७८

काठमाडौँ —

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको छ भने अझै पनि देशभर सक्रिय संक्रमित ३४ हजार ९४२ जना रहेका छन् ।   नेपालमा २०७७ जेठ ३ मा सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको थियो । उनी सुत्केरी थिइन् । उनले त्रिवि शिक्षण अस्पतालमा वैशाख २०७७ वैशाख २४ गते शिशुको जन्म दिएकी थिइन् भने २५ गते डिस्चार्ज भएर सिन्धुपाल्चोकस्थित घर गएकी थिइन् । तर घर गएसँगै उनलाई ज्वरो आउनुका साथै स्वासप्रश्वासमा पनि समस्या देखिएपछि  स्थानीय अस्पतालमा भर्ना लगिएको थियो । तर त्यहाँ कोरोनाको आशंका गर्दै धुलिखेल अस्पतालमा रिफर गरिएकोमा उनको मृत्यु भएको थियो भने स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो

त्यस यता नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २५ जनाको मृत्यु भएसँगै मृतकको संख्या शुक्रबार १० हजार नाघेको हो ।
मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको छ ।

नेपालमा कोरोनाको पहिलो केस भने २०७६ को  माघ १० मा पुष्टि भएको थियो । चीनबाट नेपाल आएका विद्यार्थीमा कोरोना पुष्टि भएको थियो ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News