निवर्तमान मन्त्री तथा राजपा नेता विमल प्रसाद श्रीवास्तव संग गरिएको कुराकानीको संक्षित अंश ।
अहिलेको मुलुकको अवस्थालाई कसरी लिनु भएको छ ?
वर्तमान अवस्थामा समाजमा अल्लि अन्यौलता देखिएको छ । अदालतको निर्णयले केही झस्काएको पनि छ । अदालतले राम्रो ग¥यो वा नराम्रो ग¥यो त्यो आप्mनो ठाउँमा छ । मुलुक अहिले माहामारीको विकराल स्थितीमा भएको अवस्थामा राजनिति पनि अन्यौल हुनु राम्रो संकेत होइन । राज्यका सम्पूर्ण निकाय, संयन्त्रहरुले यस महामारीबाट जनतालाई कसरी जोगाउने तर्फ सोच्नु पर्नेमा यस्तो बेलामा अल्लिकति पनि नसोची सक्रिय हुनुपर्ने मन्त्रालय खाली गराउनु पक्कै पनि राम्रो होइन, जनताका लागि काम गर्ने समयमा मुलुक झन झन जटिल अवस्थामा पुगेको छ ।
जसपा भित्रको विवादका बीच यहाँहरु ओली सरकारमा सामेल हुनु भयो सरकारमा जानै पर्ने त्यस्तो के थियो र ?
जसपा भित्र केही समस्या देखिएको पक्कै पनि हो तथापि राजनीतिक पार्टि भित्र र बाहिर मतमतान्तर हुन नयाँ कुरा चाहीँ होइन । तर जसपा जुन उद्धेश्यले जनताबाट निर्वाचित भएर आयो त्यो उद्देश्य प्राप्तीको लागि अर्को पक्ष भनु अथवा उपेन्द्र यादवजीको पक्ष उदासिन देखिएको छ ।
खास गरी जसपाले सरकारसँग राखेका मागहरु विगतका प्रधानमन्त्रीसँग पनि राखेकै थियो । त्यतिखेर पनि ती मागहरु वेवास्ता गरियो र पछि आएर ती मागका सम्बन्धमा वर्तमान सरकारका सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीज्यू ले हाम्रा माग प्रति संबोधन गर्छु भनेर हाम्रा आदरणीय अध्यक्ष महन्त ठाकुरसँग कुराकानी गर्नु भयो । हाम्रा मागहरु क्रमैसँग पुरा गर्दै जने र सरकारमा हाम्रो पनि उपस्थिती होस् भन्ने उहाँको चाहना र अनुरोधले हामी सरकारमा सामेल भएका हौं ।
हुनत हाम्रा यस पार्टीका मित्रहरु पहिले ओलीज्यूकै सरकारमा सामेल भएका थिए । उनिहरुले हाम्रा मागतर्फ भन्दा पनि उहाँहरुका व्यक्तिगत इच्छा, आकांक्षा पुरा गरे तर जब हामी सरकारसँग निरन्तररुपमा हाम्रा समस्या समाधान गर्नतर्फ लाग्यौं उहाँहरुमा डाहा, इश्र्या जागेको छ । उहाँहरुका व्यक्तिगत कुण्ठाहरुले गर्दा अहिले प्रतिगमन भयो भन्दै हिड्नु भएको छ । यद्यपी विघटीत प्रतिनिधि सभामा ३२ सांसद मध्य हामी कम्तीमा २० जना छौं र कार्यकारिणी समितिमा पनि कार्यकारिणी समितिको आदेश र अधिकार प्रयोग गरी अध्यक्ष महन्त ठाकुरजीले केही सदस्य मनोनित गर्नु भएको छ, केहीलाई कारवाही गर्नु भएका छ । यस हिसाबले हामी दुवै तर्फ पूर्ण बहुमतमा छौं ।
पटक–पटक सरकार निर्णय गर्छ अदालतले खारेज गर्छ । संसद अब के होला ?
अदालती कामकारवाी प्रति हामीले धेरै टिका टिप्पणी गर्नु राम्रो होइन तर पनि यसमा आप्mनो विचार राख्न त स्वतन्त्र नै छौं । तथापि अहिले करिव करिब निर्णायक मोडमा पुगको बेला हामीले बाहिरबाट धेरै बहस गर्नुको कुनै अर्थ पनि छैन र राम्रो पनि होइन ।
यहाँहरुको मुख्य माग, नागरिकता अध्यादेश पनि खारेज गर्यो नी !
नागरिकता विषय खारेज भएको होइन । यो त तीन वर्ष अघिदेखि संसदमा विधयक प्रस्तुत भएको छ । यसलाई अघि नबढाईएको मात्र हो । त्यो समितिमा थन्किएको छ । सदनमा निर्णयार्थ पेश भएको छैन । लामो समयदेखि मधेसमा कति जनता नागरिकता कै कारण राज्यबाट प्राप्त सेवा सुविधा, अधिकार लगायत जागिरबाट समेत बन्चित भएका छन् । त्यसैले अस्ति संसद नभएको अवस्थामा प्रधानमन्त्रीज्यूले अध्यादेश मार्फत ल्याउनु भएको थियो । जसलाई मुलुकभर सबैले स्वागत गरेका थिए, स्वागत गर्ने नैछन् । केही काम पनि भयो तर केही प्राविधक कारण हुनसक्छ अदालतले रोकेको छ ।
यहाँहरुको अर्को मुख्य माग यहाँका नेता तथा सासंद रेशम चौधरीको रिहाइ विषय के हुँदै थियो र छ ?
रेशम चौधरीको विषयमा कानुनी प्रक्रिया हुने भएकोले फैसला हुन केही समय लागेको हो । यतिखेर करिव करिव कानुनी प्रक्रिया पुरा भएको छ । अदालतको पैतिसदिने, पन्ध्रदिने म्याद र प्रक्रिया हुन्छ, अब पेशी चढ्छ उनले उनले सफाई पाउनेछन्, त्यो अब छिट्टै हुँदैछन् उनि छुट्दै छन् ।
१५–१७ दिनको छोटो अवधिमै मन्त्रीपदबाट निस्कनु पर्दा दुःख लागेको छैन ?
राजनीति गर्ने मान्छेलाई लामो कार्यकाल र छोटो कार्यकाल यति दिन उति दिन भन्ने हुँदैन । राजनीति गर्ने मान्छे कहिले जेल पनि जान्छ, कहिले छुट्छ, राम्रो काम गरे अविरजात्रा, पूmलमाला मिल्छ, नराम्रो गरे जुत्ताको माला लगाइदिने चलन पनि छ । सबैभन्दा ठूलो कुरा जनतालाई शिरमा राखेर सिद्धान्त र भिजनमा अनुशासित काम गर्नु ठूलो कुरा हो ।
अदालतले मन्त्रिपरिषद विस्तारमा जुन खालको भूमिका खेल्यो यो तरिका चाहिँ राम्रो पटक्कै होइन तथापी अदालतको निर्णय मान्दिन भन्ने छुट हामीलाई छैन । यस्तो महामारी साथसाथै विपद्को बेला गृहमन्त्रालय, स्वास्थ्य मन्त्रालय लगायत तालुकदार मन्त्रालयमा मन्त्रीको अभाव हुनु, जब की संविधानमै २५ जनाको मन्त्रीपरिषद्को परिकल्पना छ । ५ गुना कम मन्त्रीहरुले गरेको काम कसरी प्रभावकारी होला ? यो गम्भीर विषय हो ।
यहाँको विचारमा अब संसद पुर्नस्थापना ठीक की निर्वाचन ?
अहिलेको अवस्थामा सर्वोत्तम समाधान निर्वाचन नै हो भन्ने कुरा विगत केही महिना देखि प्रष्टरुपमा सतहमा देखिएको छ । सर्वोच्चले जे गर्ला उसको कुरा हो तर पहिले पनि संसद पुर्नस्थापना भएकै हो खैत संसदले एउटा काम गर्न सकेन । विभिन्न अध्यादेश÷विधेक आएका थिए त्यसमा माननीयज्यूहरुले छलफल गर्न चाहनु भएन । कतिपय त यति महत्वपूर्ण अध्यादेश थिए त्यो पनि छलफलमा प्रवेश भएन केवल श्रद्धाञ्जलि दिने बाहेक संसद प्रभावकारी भएन । राजनीतिक स्थिरता नभएकोले संसदहरु पनि छिनमै यता जाने छिनमै उता जाने, सरकारमा कसैको दावी पनि नहुने, कोही सरकार बनाउन पनि नसक्ने हटाउन पनि नसक्ने यस्तो राजनीतिक अस्थिरताको कारणले चुनाव बाहेक विकल्प रहेन यो सैद्धान्तिक दृष्टिकोणले पनि ताजा जनादेशमा जानु पर्ने भएकोले संबैधानिक प्रक्रिया अनुसारनै प्रधानमन्त्रीज्यूबाट त्यो कदम चालिएको हो ।
अस्ति पूर्वप्रधानमन्त्रीहरुले विदेशी हस्तक्षेपको कुरा उठाउनु भयो के साँच्चै हस्तक्षेपको सन्त्रास नै हो त ?
विदेशीहरुको नेपालप्रतिको स्वार्थ पहिलेदेखि नै भएको हो । यसमा नेताहरुले कहिले भारत जाने, कहिले चीन जाने, सिंगापुर र थाइल्याण्डका कुरा त सामान्य भए । नेपालको काँग्रेसमा विवाद भए भारतबाट नेता आउनु पर्ने मिलाईदिन, कम्युनिष्टमा समस्या देखिएक भारतीय कम्युनिष्ट र चाइनिज कम्युनिष्ट गुहार्ने । यो त हाम्रो पुरानो संस्कार भैसक्यो यसलाई के भन्नु दुर्भाग्य भन्नु की बाध्यता । कुर यत्ति मात्र हो आपूmलाई राष्ट्रवादी देखाउन अरुको अनुहारमा हिलो छ्याप्ने काम मात्र हो ।
यो अस्थिरता र द्वन्द्वको फाइदा राजतन्त्रले उठाउने त होइन ?
राजतन्त्र वर्तमान अवस्थामा यो हुन्छ, त्यो हुन्छ भन्ने त छैन तर हल्ला गर्दैमा कसैले भन्दैमा तत्काल त्यो सक्रिय हुने संभावना छँदै छैन । कुरा कहाँनेर हो भने वर्तमान नेतृत्वले जनताका खास खास काम गर्न नसकेकै कारणले अहिलेको भन्दा त पहिलेकै राम्रो भन्ने कुरा नैराश्यताको उपज हो ।
कोरोना महामारी र प्राकृतिक विपत्तिमा सरकारको काममको कसरी मूल्याङ्कन गर्नु भएको छ ?
महामारीका विरुद्ध सरकारले आप्mनो तर्फबाट सकेलागे जति गरिहेको छ । यो सरकारको प्रयासले मात्र सम्भव छैन । हामी सबैले आप्mनो ठाउँबाट उचित सहयोग गर्नुपर्छ र सरकारलाई काम गर्न दिनु पर्छ । नाफा घाटा, राम्रो नराम्रो यो महामारी र विपत्ती पछि समिक्षा गरौंला । राम्रो गर्नेलाई पुरस्कृत र नराम्रो गर्नेलाई दण्डित गर्ने समय त छँदै छ ।
समय दिनुभयो धेरै धेरै धन्यवाद ।
धन्यवाद । यहाँले पनि हाम्रा कुरा राख्ने अवसर दिनु भयो यसको लागि यहाँको सम्पूर्ण टिमप्रति आभारी छु ।