काठमाडौंको निषेधाज्ञा कम्तीमा एकसाता थप्ने तयारी

काठमाडौंको निषेधाज्ञा कम्तीमा एकसाता थप्ने तयारी

कृषि र निर्माण क्षेत्र मात्र खुकुलो

  • Kanchan News

  • शनिबार, जेष्ठ २९, २०७८

  • 135
    SHARES
काठमाडौंको निषेधाज्ञा कम्तीमा एकसाता थप्ने तयारी
Lockdown

काठमाडौं । कोरोनाभाइरस संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा लम्ब्याउने तयारी भएको छ .

संक्रमण दर उल्लेखनीयरुपमा नघटेको निष्कर्ष निकाल्दै काठमाडौं, भक्तपुर र ललितपुरका तीनै जिल्ला प्रशासनले कम्तीमा एकसाता निषेधाज्ञा थप्ने अनौपचारिक सहमति गरेका हुन् । ‘संक्रमण दर नघटेपछि कम्तीमा एकसाता निषेधाज्ञा थप्ने हाम्रो अनौपचारिक छलफल भएको छ’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले भने  ।

जेठ ३१ गते बस्ने तीनै जिल्लाका सीडीओहरुको बैठकले निषेधाज्ञा थप गर्दै नयाँ आदेशहरु जारी गर्ने सीडीओ पराजुलीले जानकारी दिए । खेतीपातीको मौसम भएकाले कृषिको काम तथा निर्माण व्यवसायको कामलाई खुकुलो बनाउने गरि अघि बढ्ने बारे छलफल भएको उनले जनाए ।

सार्वजनिक तथा निजी यातायातमा कायमै रहेको बन्द भने यथावतै रहने भएको छ । ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले पनि निषेधाज्ञा थप्नेबारे अनौपचारिक छलफल चलेको बताउँदै खेतीपाती र निर्माणको कामलाई खुकुलो बनाएर अघि बढ्न सकिने बताए ।

‘तत्कालै निषेधाज्ञा खुकुलो बनाएर अघि बढ्ने परिस्थिती छैन किनभने संक्रमण दर उल्लेखनीय घटेको पनि छैन’ ललितपुर सीडीओ निरौलाले भने, ‘संक्रमणदर नघटेसम्म अहिलेको परिस्थितीलाई कायमै राख्नुपर्छ भन्ने कुरामा हामी सहमत छौं ।’


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News